January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन ३२ करोड लागतमा हेटौंडा निर्माण गरिने

बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन ३२ करोड लागतमा हेटौंडा निर्माण गरिने

बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन मकवानपुरको हेटौंडा निर्माण गरिने भएको छ । प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा ३२ करोड लागतमा तीन बर्ष लगाएर उक्त भवन निमार्ण गरिने भएको हो । आरबी आरवान विल्डर्स हेटौंडाले निर्माणको ठेक्का पाएको उक्त भवन अत्याधुनिक सुविधा सहितको तीन तले र १०३ कोठाको हुनेछ ।


प्रदेशको सहयोगमा हालसम्म उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बाहेक दश जिल्लामा ३४ वटा प्रहरी इकाईं भवन निर्माण धमाधम भैरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । १२ वटा प्रहरी इकाई निर्माणाधिन र चालू आर्थिक वर्षमा प्रदेश प्रहरी मुख्यालय समेत गरी थप २१ वटा प्रहरी इकाई भवन निर्माणको लागि सम्झौता भइसकेको छ ।

विभिन्न जिल्लामा भवन, चेकिङ पोस्ट निर्माण, सवारी साधन खरिद लगायतमा १ अर्ब १८ करोड रुपैयाँ लगानी गरेको हो । हालसम्म यसमध्ये ९२ करोड रुपैयाँ खर्च भइसकेको छ । बाँकी २६ करोड रुपैयाँ चालू आर्थिक वर्षभित्रै खर्चने प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको तयारी छ । प्रदेशभर ६७ वटा प्रहरी इकाई भवन निर्माणको लागि आन्तरिक मामिला मन्त्रालयले बजेट विनियोजन गरेको छ । सोही अनुसार निमार्ण कार्य धमाधम भैरहेको हो ।

Advertisement