January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

उपत्यकासहित देशका अधिकांश भू–भागमा मौसम बदली हुने

उपत्यकासहित देशका अधिकांश भू–भागमा मौसम बदली हुने

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा मौसम बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण–पूर्व भू–भागनजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


हाल पनि काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा आज केही घण्टाका लागि मौसम खुल्ने र घाम लाग्ने बताइएको छ । अहिले प्रिमनसुनको समय रहेको र प्रिमनसुनको प्रभाव अझै केही दिन रहने विभागले बताएको छ । त्यसको प्रभावले अबको तीन दिन देशभरको मौसम बदली हुने छ ।

आज देशका धेरै स्थानमा वर्षा भएको छ । अहिले वाग्मतीसहित गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । अबको केही समयपछि यी दुई प्रदेशमा मौसम केही खुल्नेछ । आज प्रदेश एक र दुईमा अन्य क्षेत्रमा भन्दा बढी पानी पर्ने छ ।

Advertisement