January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

भारतमा ३ लाख २६ हजार १२३ जनामा संक्रमण पुष्टि

भारतमा ३ लाख २६ हजार १२३ जनामा संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २६ हजार १२३ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ । लगातार चार लाख माथि संक्रमित हुँदै आएको भारतमा यसअघि पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख माथि थियो ।


संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४३ लाख ७२ हजार २४३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ करोड ४ लाख २६ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ७९ हजार ६९१ छ ।

भारतमा एकैदिन ३८ सय ७९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ६६ हजार २२९ पुगेको छ ।

Advertisement