January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

चीन सफलतापूर्वक मङ्गलमा यान अवतरण गराउन सफल

चीन सफलतापूर्वक मङ्गलमा यान अवतरण गराउन सफल

चीनले एउटा अन्तरिक्षयानलाई सफलतापूर्वक मङ्गल ग्रहमा अवतरण गराएको त्यहाँको सरकारी सञ्चारमाध्यमहरूले शनिवार सबेरै जनाएका छन्। छ चक्का भएको जुरोङ रोबट उक्त ग्रहको उत्तरी गोलार्द्धमा रहेको एउटा विशाल समथर भूभागमा अवतरण गर्ने लक्ष्य राखिएको थियो । उक्त यान अवतरणका लागि एउटा सुरक्षा खोल, एउटा प्यारासुट र एउटा रकेट प्लेटफर्मको सहायता लिएको थियो।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले एउटा विशेष सन्देशमा उक्त अभियानको ‘अद्वितीय उपलब्धि’का लागि बधाई दिएका छन्। चिनिया अन्तरिक्ष यान जुरोङ्ग गएराति चन्द्रमाको सतहमा सफतापूर्वक अवतरण गरेको चिनिया अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

पृथ्वीको सतहबाट सात महिनाको यात्रा तथा तीन महिनासम्म चन्द्रमाको कक्षमा परिक्रमा गरेपछि चिनिया रोवर मंगल ग्रहमा अवतरण भएको हो । यसलाई अन्तरिक्ष अभियानमा चिनको अहिलेसम्मकै ठूलो सफलताको रुपमा हेरिएको छ । यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो । वीवीसी

Advertisement