February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

चक्रवात ‘ताउ–ते’ को प्रभाव नेपालमा पनि, मेघगर्जन र चट्याङ्ग सहितको वर्षा हुने

चक्रवात ‘ताउ–ते’ को प्रभाव नेपालमा पनि, मेघगर्जन र चट्याङ्ग सहितको वर्षा हुने

काठमाडौं–
देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभावकाले मौसम बदली भै हावाहुरी देखि बर्षा हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउको तो को आंशिक प्रभाव नेपालपनि परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


मंगलवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।
आज राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement