April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

लमजुङ केन्द्रबिन्दु बनाएर ५.८ म्याग्नेच्युटको भूम्कम्प


नेपालमा फेरि अर्को भूकम्प गएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको हो । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको धक्का नेपाल भर नै महशुस गरिएको थियो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । भ ूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए ।

फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको छन् । भूकम्पले माटोले बनेका पुराना घरहरु भत्किएका र चर्किएका छन् भने मानवीय क्षतिसमेत भएको छ ।

Advertisement