April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

कोरोनाबाट २४ घन्टामा विश्वमा साढे १० हजारको मृत्यु


काठमाडौं। कोरोना भाइरसको महामारीका कारण विश्वमा पछिल्लो २४ घन्टामा १० हजार ५४३ जनाको मृत्यु भएको छ। भारतमा सबैभन्दा बढी ३ हजार ७८८ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ हजार ७६४ जनाले ज्यान गुमाएका छन्।

यस्तै अमेरिकामा ४५८,टर्कीमा २३१, रुसमा ३८६,कोलम्बियामा ५०९,अर्जेन्टिनामा २९७,पोल्यान्डमा १९१, इरानमा १८७, मेक्सिकोमा १७६, युक्रेनमा १७८, इन्डोनेसियामा १३२, फिलिपिन्समा १८३ जनाको मृत्यु भएको छ ।

Advertisement