March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

तीन देशका लागि जेठ १८ बाट उडान खुला, सातामा दुई उडान हुने

सरकारले तीनवटा देश चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो । अव यि तीनै देशमा सातामा बढीमा दुई उडान हुनेछ ।


पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान खुला गर्ने प्रस्ताव आजको मन्त्रिपरिषद बैठकमा लगेको थियो । नेपाली वायुसेवा जाने देशमा सातामा दुई र नेपाली वायुसेवा नजाने हकका एक उडान हुने उस्को प्रस्ताव थियो ।


वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । अब दुवै खोप लगाएको र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै होम क्वारेन्टिनमा बस्ने शर्तमा छाडिने छ ।

Advertisement