August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

सरकारले रेलमार्ग निर्माणको लागि कति गर्यो बजेट बिनियोजन ?

सरकारले रेलमार्ग निर्माणको लागि कति गर्यो बजेट बिनियोजन ?

सरकारले जयनगर–जनकपुर–कुर्था र जोगबनी–विराटनगर खण्डमा रेल सञ्चालन गर्ने घोषणा गरेको छ । रक्सौल–काठमाडौं र केरुङ–काठमाडौंको विस्तृत परियोजना प्रतिवेदन तयार पारिने सरकारले दाबी छ । बर्दिवास रेल्वे स्टेसनको निर्माण गरिने बताइएको छ । पूर्वपश्चिम रेलमार्ग अन्तर्गत निजगढ–वर्दिबास रेलमार्गको ट्रयाक बेड निर्माण सम्पन्न गर्ने पनि घोषणा गरिएको छ । सरकारले काकडभित्ता–इनरुवा खण्डको जग्गा अधिकारणको काम सम्पन्न गरिने जनाएको छ । सरकारले रेलमार्ग निर्माणको लागि १० अर्व ३ करोड बजेट विनियोजन गरिएको छ ।