August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

सर्वोच्चको रिटलाई बेवास्था गर्दे फेरि मन्त्रिपरिषद् विस्तार, कस्तो बन्यो ओली नेतृत्वको नयाँ क्याबिनेट

सर्वोच्चको रिटलाई बेवास्था गर्दे फेरि मन्त्रिपरिषद् विस्तार, कस्तो बन्यो ओली नेतृत्वको नयाँ क्याबिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्री थप्ने काम गरेका छन् । अघिल्लो पटकको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश नगरी ओलीले एकतर्फि रुपमा मन्त्री थपेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा हेरफेर गरेपछि त्यस्का विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । नयाँ नियुक्ति, हेरफेर तथा कार्य विभाजन प्रथम दृष्टिमा नै गैरसंवैधानिक, कपटपूर्ण एवं संविधान विपरीत भएको दावी गर्दैे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाह लगायतले रिट दायर गरेका थिए ।

सर्वोच्चमा रिट पेश गरेका छन् । उनले संविधानको धारा २, ७४, ७७(ग) एवम् संविधानको धारा ७७(३) को प्रतिकूल रहेकोले संविधानको धारा ४६, १३३(२)(३) बमोजिम जेठ २१ गते भएको मन्त्रिपरिषद् हेरफेर तथा कार्य विभाजन तथा सोबाट निसृत सबै काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर गरि परमादेश लगायत अन्य उपयुक्त आदेश दिन रिटमा माग गरिएको छ । २१ गते १० मन्त्री थपेका ओलीले बिहीबार ८ मन्त्री थपेका हुन् । २१ गते भएको मन्त्रिपरिषद पुनर्गठनविरुद्ध २४ गते रिट परेको थियो ।  उक्त रिटमाथि २५ गते सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । उक्त आदेशअनुसार सरकारले सर्वोच्चमा जवाफ पेश गरेकै छैन ।

अन्तरिम आदेश जारी गर्नुपहिले सरकार पक्षसँग पनि छलफल गर्न आवश्यक देखिएको भन्दै असार ८ गते सर्वोच्चले सत्ता पक्षलाई छलफलमा झिकाएको छ । निवेदकले माग गरेअनुसार अन्तरिम आदेश दिने नदिनेबारे त्यसपछि मात्रै निर्णय गर्ने सर्वोच्चले जनाएको छ । उनीहरुले मन्त्रिपरिषद् विस्तार बदर गर्न र नवनियुक्त मन्त्रीहरुलाई तत्काल काम गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । काम चलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न नमिल्ने उनीहरुको जिकिर छ । यस्तो जिकिर भएको समय सरकारले अदातलको समेत अवमूल्यन गर्दे मन्त्रीमण्डल पूर्नगठन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिदै गृहमन्त्री खगराज अधिकारी,वन तथा वातावरणमन्त्री नारदमुनि राना, सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला शाह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव,  विनाविभागीयमन्त्री मोहन बाँनियालाई मन्त्रीको जिम्मेवारी दिएका छन् । यस्तै, वन राज्यमन्त्रीको जिम्मेवारी आशाकुमारी विकलाई दिएको छ ।