October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

देशका विभिन्न स्थानमा बर्षा सक्रिय हुने

देशका विभिन्न स्थानमा बर्षा सक्रिय हुने

काठमाडौँ– शुक्रबार नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन सोमबार पनि देशभर सक्रिय रहने छ । आइतबार मनसुन देशभर सक्रिय बनेसँगै देशका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि दिनभर देशका विनिन्न स्थानमा मौसम सक्रिय रहने छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भइरहेको छ ।

यो क्रम आगामी बुधबारसम्म जारी रहने महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख छ । भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।

Advertisement