August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा सात जनाको मृत्यु

सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा सात जनाको मृत्यु

२ असार, काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको पुष्टी भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हेलम्बुदेखि उर्लिएर आएको बाढीले सदरमुकाम चौतारा जोड्ने पक्की पुल बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले तिम्बु बजार, चनौटे बजार, मेलम्ची खानेपानीको हेडबक्स, हेलम्बुको नाकोते पुल, खोला किनारका माछा फर्म, खेतीयोग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटी पार्क लगायतमा क्षति पु¥याएको छ ।

मेलम्ची बजारका कयौ घरको पहिलो तला र सटर नै पुरिएको छ । बाढीबाट खतरा महसूस गर्दै सुरक्षित स्थानमा सारिएका व्यक्तिहरूले खुला आकाशमै रात बिताएका छन् । नदी उर्लिएर आएपछि तटीय क्षेत्रमा वासिन्दा अग्लो भूभागमा सरेका छन् ।