August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

थुनियो तामाकोसी, जुनसुकै समय विस्फोट हुनसक्ने चेतावनी

थुनियो तामाकोसी, जुनसुकै समय विस्फोट हुनसक्ने चेतावनी

काठमाडौं । नेपाल–चीनको सीमानामा भिषण बर्षपछि गएको पैरोको कारण तामाकोशी नदी थुनिएको छ । प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो आउँदा नदीको प्रवाह रोकिएको हो ।

तामाकोशी नदी थुनिएपछि चीनसरकारले नेपाललाई सहज रहन जानकारी गराएको छ । सोही अनुसार जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोसी नदी विस्फोट हुनसक्ने चेतावनी दिएको छ । उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘भारी वर्षाका कारण सो क्षेत्रमा गएको पहिरोले नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएकोले सोको कारणले कुनै पनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने हुँदा नेपाल–चीन सीमा नजिकको बस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकोले सो क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्णमा सजक रहन एवं कुनै खतराको संकेत प्राप्त हुँना साथ सुरिक्षत स्थानतर्फ जान अनुरोध गरिन्छ ।’

तामाकोसीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने देखिएकाले सम्पूर्ण स्थानीयलाई सजक रहन र खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ । थुनिएको नदी एकैपछक खोलिएमा त्यस्ले नेपाली क्षेत्रमा ठूलै असर पार्ने विज्ञले बताएका छन् ।