April 30, 2025, Wednesday
[nepali_today_date]

भारत र पाकिस्तानी सेनाको गोलीहानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु

भारत र पाकिस्तानी सेनाको गोलीहानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौ १० पुस ।
भारत र पाकिस्तानबीच फेरि तनाव बढेको छ। पाकिस्तानी सेनाका अनुसार हाजी पीर क्षेत्रमा दुई देशका सेनाबीच भएको गोली हानाहानमा २ जना आफ्ना सैनिकको ज्यान गएको जनाएको छ। घटनामा पाकिस्तानका सैनिक जवानहरु एन सब कन्देरो र मोहम्मद एसहानको मृत्यु भएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ। उसले भारत तर्फका एक सुबेदारसहित तीन जनाको मृत्यु भएको पनि दाबी गरेको छ। पछिल्लो समय भारत र पाकिस्तानको सीमा रेखा एलओसीमा भारतीय सेनाले युद्धबिराम उल्लंघन गरेको पनि पाकिस्तानी सेनाको दाबी छ। एजेन्सीको सहयोगमा

Advertisement