April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

कामदारलाई ब्यावसायी बनाउँन तालिमको लागि छुट्याएको ४ अर्ब ३४ करोड रकम फ्रिज

कामदारलाई ब्यावसायी बनाउँन तालिमको लागि छुट्याएको ४ अर्ब ३४ करोड रकम फ्रिज

काठमाडौँ, असार ८ गते । रोजगारी गुमाएकालाई लक्षित गरी सरकारले सीप र तालिमका कार्यक्रम गर्न छुट्याएको रकम फ्रिज भएको छ ।
सरकारले चालू आवमा कम्तीमा विदेश तथा स्वदेशमा रोजगारी गुमाएकापनि ५० हजार जनालाई व्यवसायी तालिम दिएर रोजगार बनाउने उद्देश्यसाथ छुट्याइए थियो । सो बापत छुट्यिाएको को चार अर्ब ३४ करोड रुपियाँ बजेट फिर्ता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलले जनाएको छ ।

Advertisement

मन्त्रालयले चालू आवको बजेटमार्फत नै प्राथमिकता दिएर रोजगारी गुमाएका श्रमिकलाई सीप रूपान्तरण गरी हस्तकला, उत्पादन, सेवा, प्लम्बिङ, सिलाइ–कटाइलगायतका तालिम दिएर रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको थियो । लिएको लक्ष्य अनुसार समयमै बेरोजगार खोजेर रोजगारी दिनु पर्नेमा उल्टै छुट्याएको रकम समेत फ्रिज भएको हो । श्रम मन्त्रालयका सहसचिव दीपक काफ्लेले व्यवसायी सीप र तालिमका कार्यक्रम सञ्चालनका कोरोनाका कारण गर्न नसकेको बताए । उनले कार्यक्रमै खर्च नभएपछि छुट्याएको रकम फ्रिज हुनपुगेको बताए । उने भने ‘यस कार्यक्रमका लागि छुट्याइएको सबै बजेट फ्रिज भयो ।”

Advertisement

कोरोनाका कारण रोजगारी गुमाएका विपन्न परिवारलाई चालू आर्थिक वर्ष २०७७÷७८ मा प्राथमिकतामा पारेर व्यवसायी सीप तालिम दिने भनिएका सबै कार्यक्रम कोरोनाका कारण प्रभावित भएका हुन् ।

राष्ट्रिय योजना आयोगको अध्ययनअनुसार आठ लाखले स्वदेशको श्रमबजारबाट रोजगारी गुमाएका छन् । विदेशबाट कोरोनको कारण देखाउँदै साढे चार लाखकामदार रोजगारी गुमाएर स्वदेश फर्किएका छन् । आयोगका अनुसार कोरोनाका कारण स्वदेश वा विदेशमा रोजगारी गुमाउने झन्डै १३ लाख, मौजुदा बेरोजगारको सङ्ख्या नौ लाख र प्रत्येक वर्ष श्रमबजारमा थपिने नयाँ पाँच लाख गरी कुल २७ लाख बेरोजगार कोरोना प्रभावमा परेर रोजगारी गुमाउँदा पनि सरकारले रकम खर्च गर्न नसकेर फ्रिज भएको हो ।