March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

युनियन लाइफले पायो धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि प्राथमिक शेयर बिक्री गर्न अनुमति

युनियन लाइफले पायो धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि प्राथमिक शेयर बिक्री गर्न अनुमति

असार १४, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ । युनियन लाईफ इन्स्योरेन्सले सर्वसाधारणमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति पाएको हो ।

बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न असार १३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले आईपीओ निष्कासनका लागि जेठ ९ गते बोर्डमा निवेदन दिएको थियो । चुक्तापूँजी हाल रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । निवेदन दर्ता गरेको एक महीनामै कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको हो । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो ।

युनियन लाईफको आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि रेटिङ’ दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । २०७७ चैतसम्म ८ करोड २५ लाख ९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म ५ अर्ब २४ करोड १६ लाख २३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै जगेडा कोषमा ७३ करोड ७ लाख १४ हजार, र जीवन बीमा कोषमा ६ अर्ब ९० करोड २ लाख १० हजार रहेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ अर्ब २४ करोड १६ लाख २३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । हाल ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो । नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।

Advertisement