August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

सेयर बजार समान्य अंकले बृद्धि, कारोवारमा पनि सुधार

सेयर बजार समान्य अंकले बृद्धि, कारोवारमा पनि सुधार

 

साताको दोस्रो दिन सेयर बजारमा उतारचढावबीच नेप्से ५.११ अंकले बृद्धि भएको छ । आज बजार बृद्धिसँग २८७५.४९ अङ्कमा बन्द भएको हो । आइतबार नेप्से २८७०.३८ अङ्कमा बन्द भएको थियो ।

बजारमा आज करिब पौने ८ अर्बको कारोबार भएको छ । आज नेप्सेमा १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड ५५ लाख १३ हजारको कारोबार भएको छ । आइतबार यो रकम ७ अर्ब १६ करोडको कारोबार भएको थियो ।आज कारोबारमा आएका कुल १८३ सूचीकृत कम्पनीमध्ये  ८० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै  ९६ कम्पनीको सेयर मूल्यमा गिरावट हुदा ७ कम्पनीको  सेयर मूल्य भने स्थिर रहेको छ ।

नेप्सेका अनुसार बैंकिङ ६.९५ अंक, होटल २०.२७ अंक, लघुवित्त १११.४, जीवन बीमा १४.०६ अंक, म्युचुअल फण्ड ०.०२ अंक र लगानी समूह २.३५ अंक बढेको छ भने अरु समूहको बजार घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह ७०.५८ अंकले घटेको हो ।

आज खरिदबिक्री रकममा अपर तामाकोशी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यो कम्पनीको ६६ करोड ९४ लाख रुपैयाँको कारोवार भएको हो । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः नेपाल इन्सुरेन्स र राधी हाइड्रोपावर परेका छन् ।