April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

अटोमोबाइल्स क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नाडाको माग

अटोमोबाइल्स क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नाडाको माग

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले अटोमोबाइल क्षेत्रका कार्यरत कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । सरकारले निषेधाज्ञालाई केही खुकुलो जोरबिजोर प्रणालीबाट संचालनमा ल्याएको समय नाडाले खोप उपलब्ध गराउँन माग गरेको हो ।

नाडाले क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्नभई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने नाडाले जनाएको छ । उसले विषम परिस्थितिमा अटोमोवाइल वर्कशप, शोरुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराइदिने माग गरेको हो ।

 

Advertisement