April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

कोरोनाको लागि उपयोगी औषधि रेम्डेसिभिर नेपालमै उत्पादन हुने

कोरोनाको लागि उपयोगी औषधि रेम्डेसिभिर नेपालमै उत्पादन हुने

काठमाडौँ — नेपाली औषधि उत्पादक कम्पनीले कोभिड–१९ संक्रमितका लागि उपयोगी हुने रेम्डेसिभिरको उत्पादन गर्ने भएको छ । औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योग ‘नेशनल हेल्थकेयर’लाई उत्पादन अनुमति दिएको हो ।

यो कम्पनीले बैशाख ३१ गते उत्पादन र गत आईतबार बजार इजाजत पाएको छ । नेहनल हेल्थकेयरद्वारा उत्पादित रेम्डेसिभिरको ब्रान्ड नेम रेम्सीभिर रहेको र प्रति भायल को अधिकतम खुद्रा मुल्य (एमआरपि) ३५ सय रहेको कम्पनीले जनाएको छ । रेम्सीभिर नेपालभरिका आफ्ना वितरकहरुमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय (एफडीए) ले कोराना संक्रमितको रेम्डेसिभिरलाई उपचारमा आपतिकालिन प्रयोग अनुमति दिईसकेको थियो । कोरोनाको उपचारमा अति महत्बपूर्ण मानिने यो औषधि अभाव भएपछि अमेरिकाले कुटनीतिक दवाव दिएर भारतसँग मगाएको थियो ।

Advertisement