March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मणिकरत्न स्थापितले पाए “अजर अमर” सम्मान

मणिकरत्न स्थापितले पाए “अजर अमर” सम्मान

काठमाडौं । बरिष्ठ गायक एवं संगीतकार मणिकरत्न स्थापितलाई अजर अमर सम्मान पाएका छन् । नेपाल संगीतकार संघले प्रदान गर्ने अजर अमर सम्मानबाट उनलाई आज सम्मानित गरेको हो । स्वास्थ्य अवस्था कमजोर भएका उनी हाल घरमै आराम गरिरहेका छन् ।

गायक स्थापितलाई संघका संरक्षक शम्भुजित बाँस्कोटा लगायतको टीमले घरमै पुगेर चेक हस्तान्तरण गर्दे सम्मान गरेको हो । सम्मानको राशी भने एकलाख ११ सय ११ रुपैयाँ रहेको संगीतकार बाँस्कोटाले जानकारी दिएका छन् । उनलाई कोरोना संक्रमण कम भएपछि कार्यक्रम गरेर थप सम्मान गरिने छ ।

Advertisement