August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

सुनको मूल्य ६ सय रुपैयाँले घट्यो, तोलामा कति ?

सुनको मूल्य ६ सय रुपैयाँले घट्यो, तोलामा कति ?

असार १६, काठमाडौं ।

नेपाली बजारमा आज सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार र तेजाबी प्रतितोला ८९ हजार ५५० रुपैयाँमा किचबेच भइरहेको छ । मंगलबार छापावाल सुन तोलाको ९० हजार ६ सय र तेजाबी सुन ९० हजार १०० रुपैयाँ थियो।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।