April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

कामना सेवा विकास बैंकद्धारा एकैदिन २ नयाँ शाखाको उद्घाटन

असार १६, काठमाडौं ।

कामना सेवा विकास बैंक लिमिटेडले एकैदिन दुई वटा नयाँ शाखा कार्यालय उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । मंगलबार काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भूमा र भक्तपुर नगरपालिका–७ स्थित जगातीमा आफ्नो १२६औ र १२७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाहरुको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा बैंकका सञ्चालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरु उपस्थित भएका थिए भने अन्य सञ्चालकहरुको भर्चुअल उपस्थिति रहेको थियो ।यससँगै अब बैंकले १२७ शाखा, १ विस्तारित काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ ।

Advertisement