March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

एमाले स्थायी कमिटीमा थपिए ८ सदस्य [नामावलीसहित]

एमाले स्थायी कमिटीमा थपिए ८ सदस्य [नामावलीसहित]

असार १६, काठमाडौं ।

Advertisement

नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जनालाई थप गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादी खेमाका ४ र एमालेतर्फका ४ जनालाई स्थायी कमिटीमा मनोनयन गरेको हो ।

Advertisement

दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरिएको छ । बादल, भट्ट, थापा र रायमाझी पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य थिए ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई पनि स्थायी कमिटीमा समेटिएको छ । एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी ब्युँताएको छ । केन्द्रीय कमिटीको बैठक यही असार १८ गतेका लागि बोलाइएको प्रवक्ता ज्ञवालीले बताए ।