August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

पछिल्लो २४ घण्टामा २ हजार ८९२ संक्रमित थपिँदा ४१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ८९२ संक्रमित थपिँदा ४१ जनाको मृत्यु

असार १६, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५६८ जनामा गरिएको परीक्षणमा २ हजार ८९२ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार  ७ हजार १८७ जनामा आरटी पीसीआर र ४ हजार ३८१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ८८९ र एन्टिजेनबाट एक हजार ३ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा नेपालमा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार ११२ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना संक्रमित कोरोनामुक्त भएका छन्।