March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

क्रियाशील सदस्यताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

क्रियाशील सदस्यताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

असार १७, काठमाडौं ।

Advertisement

क्रियाशील सदस्यता वितरणबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।  बैठक आज दिउँसो २ बजेका लागि  सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बोलाइएको छ । बैठकमा पार्टीको क्रियाशिल सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। पाटीको १४औँ महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवाद बढ्दै गएको छ।

Advertisement

कांग्रेस महाधिवेशन कार्यतालिकाअनुसार असार मसान्तभित्रै क्रियाशील सदस्यता टुंगिसक्नुपर्नेछ । तर, मापदण्डको अभाव र नेताहरुको स्वार्थ नमिलेका कारण सदस्यता वितरणमा विवाद छ ।

सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै संस्थापन इतर समूहले बिरोध गर्दै आएको छ।  निरन्तर केहि दिनयता यसै विषयमा छलफल भएपनि समाधान निस्कन सकेको छैन। नेपाली कांग्रेसले भदौ १६ गतेदेखि महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ ।