April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

धितोपत्र बोर्डद्धारा दुई बैंकलाई ५ अर्ब बराबरको ऋणपत्र बिक्री गर्न अनुमति

असार १७, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले  माछापुच्छ्रे  बैंक र लक्ष्मिबैंकलाई ५ अर्ब बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘८.५% माछापुच्छ्रे बैंक डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।
यस्तै, लक्ष्मी बैंकले पनि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ ।

Advertisement