September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

असार १७, काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला  ९० हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने जनाएको छ ।

Advertisement

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  विहिबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज भने २० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।