April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

आज बस्ने भनिएको कांग्रेसको पदाधिकारी बैठक स्थगित

आज बस्ने भनिएको कांग्रेसको पदाधिकारी बैठक स्थगित

असार १७, काठमाडौं ।
नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ । क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफलका लागि आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको थियो ।

नेताहरूको व्यस्तताका कारण बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन तयारीका लागि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका थिए। कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी विवाद छ। कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । महाधिवेशन मिति आउन २ महिना मात्र बाँकी रहेको समयमा कांग्रेसले क्रियाशील सदस्यताको विवाद टुंगाउन सकेको छैन ।

Advertisement