April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

भ्रामक सूचनालाई विश्वास नगर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । बैंकले पछिल्लो समय आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

Advertisement

बैंकले विज्ञप्ति जारी गर्दै ती सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । विज्ञप्तिमा हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आव्हान फेसबुक पेजमार्फत नगरिएको बताएको छ ।

Advertisement

यसअघि बुधबार नेपाल बैंकर्स संघले आफ्नो बैंक खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको थियो । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत् अनाधिकृत व्यक्तिले विवरण माग गरेर पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भइरहेको भन्दै संघले आफ्नो व्यक्तिगत÷गोप्य विवरण कुनै पनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय विभिन्न पुरस्कार दिने तथा कोरोना बीमाको रकम आयो भन्दै बैंक खाता नम्बर माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग भइरहेको छ ।