August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

उद्धार र राहतप्याकेज तत्काल ल्याउन अर्थमन्त्रीको निर्देशन, कोषमा ५ अर्व भएको सचिबको दाबी

उद्धार र राहतप्याकेज तत्काल ल्याउन अर्थमन्त्रीको निर्देशन, कोषमा ५ अर्व भएको सचिबको दाबी

काठमाण्डौ –गृहमन्त्रालयको समेत जिम्मेबारी समालेका विष्णुप्रसाद पौडेलले विपदका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहतका प्याकेज ल्याउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बसेको विपद् ब्यावस्थापन सम्बन्धी बैठकमा मन्त्री पौडेलले देशका विभिन्न ठाउँमा वर्षाका कारण भइरहेको जोखिमलाई विशेष ध्यान दिएर तत्काल उद्धार र राहतका लागि आवश्यक प्याकेज ल्याउन निर्देशन दिएका हुन् । पौडेलले सरकारले सम्भव भएका सबै प्रयासलाई जारी राख्दै प्रभावकारी र नतिजामुखी भएर काम साथै विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन दिएका छन् ।

राहत र उद्धारका लागि अन्तर–मन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा जोड दिँदै उनले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावरण सिर्जना गर्न निर्देशन दिए ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोषमा पाँच अर्बभन्दा बढीको प्रयाप्त रकम भएकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताए । उनले क्षति, उद्धार र राहतमा भएका कार्यहरू, बन्द भएका सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नुपर्ने कार्यहरू लगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने बताए ।

बंैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पु¥याएको क्षति र नोक्सानीको यकिन विवरण र आर्थिक लागत निकाली पुर्नस्थापना र पुनर्निर्माणका कार्यहरू अघि बढाउने भएको जानकारी गराएका थिए ।