August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

नेप्से १९ अंकले बढ्यो, ६ अर्ब ७० करोड रुपैयाँको कारोबार

नेप्से १९ अंकले बढ्यो, ६ अर्ब ७० करोड रुपैयाँको कारोबार

असार १७, काठमाडौं ।

केहि दिनयता लगातारको गिरावटपछि बिहीबार नेप्सेमा १९ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १९.१२ अंकले बढेर २ हजार ८४३ विन्दुमा उक्लिएको हो ।  आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.३३ अंकले बढेर ५२८.७१ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज कुल २२४ कम्पनीका ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर ७० हजार १९८ पटक किनबेच हुँदा कुल ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँको कारोबार भएको छ ।

आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । बैंकिङ ३, ब्यापार १९, होटल तथा पर्यटन १३८, विकास बैंक १५२, जलविद्युत २१, फाइनान्स ६३, उत्पादन २, अन्य ३६, माइक्रोफाइनान्स २, जीवन बीमा ७४ र लगानी समूह १ अंकले बढेको छ ।

आज ओरियन्टल होटल, गुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि आज कुमारी इक्विटी फन्डकाे शेयर साढे ३ प्रतिशतले घटेको छ । कारोबारका आधारमा नेको इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको  ३० करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको  छ । दोस्रोमा रहेको ज्योति विकास बैंकको १८ करोडको कारोबार भयो।