March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

आन्तरिक उडान सुरु, विमानस्थलमा यात्रुको भिड

आन्तरिक उडान सुरु, विमानस्थलमा यात्रुको भिड

असार १७, काठमाडौं ।

Advertisement

कोभिड–१९ संक्रमणको महामारीका कारण बन्द भएको आन्तरिक हवाइ उडान बिहीवारबाट शुरू भएको छ ।  संक्रमणलाई ध्यान दिँदै सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो ।

Advertisement

नागरिक उड्ययन प्राधिकरणले तत्कालका लागि दैनिक ६७ वटासम्म उडान तय गरेको छ । प्राधिकरणका अनुसार उडान सेवा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्ममात्र सञ्चालन गर्ने पाइने छ । हवाई उडान सेवा सञ्चालनमा आएसँगै पहिलोदिन बिहीबार विमानस्थलमा यात्रुहरूको भिड लागेको छ । लामो दुरीका सार्वजनिक बस सेवा सञ्चालनमा नआएकाले विमानस्थलमा चाप बढेको हो  ।

वर्षाको समयमा स्थलयात्रा गर्नका लागि सडकमा बाढी, पहिरो र दुर्घटनाको जोखिम बढ्ने कारणले यात्रुको रोजाइ हवाई मार्ग हुने गरेको छ । आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसलाई काठमाडौं आउन र काठमाडौंबाट बाहिर जान सहज भएको छ ।