April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

महाधिबेशनलाई लक्ष्ति गर्दे सिटौला समुहको सक्रियता बढ्यो, आफूनिकट नेताहरुसँग छलफल गर्दे

महाधिबेशनलाई लक्ष्ति गर्दे सिटौला समुहको सक्रियता बढ्यो, आफूनिकट नेताहरुसँग छलफल गर्दे

काठमाडौं– नेपाली कांग्रेसका तेस्रो धान मानिने नेता कृष्णप्रसाद सिटौला समुहले आफूनिकट नेताहरुको छुट्टै बैठक बोलाएको छ । १४ औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता विवाद, महाधिवेशनमा कसरी जाने भन्ने लगायतका विषयमा छलफल गर्न भेला बोलाइएको सिटौला निकट नेताले बताएका छन् ।

Advertisement

शुक्रबार दिउँसो बस्नेगरी बोलाइएको बैंठकमा १३ औं महाधिबेशनकै सहपाटी नेताहरु गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी, भीमसेन दास प्रधान, शिव हुमागाईं लगायतलाई बैठकमा बोलाइएको छ ।

Advertisement

महाधिवेशन नजिकिएसँगै कांग्रेसका नेताहरु आ–आफ्नो समूहगत छलफलमा जुटेका छन् । नेताहरुले महाधिबेशनमा कस्तो रणनीति अपनाउँने भन्नेमा छलफल हुनेछ ।

काग्रेसको राजनीतिमा सिटौला समुह केन्द्र विन्दुमा रहँदै आएको छ । अधिल्लो महाधिबेशनमा पनि सिटौलाकै कारणले सभापतिमा शेरबहादुर देउवाले वियज प्राप्त गरेका थिए । यस पटकको महाधिबेशमा पनि ढिलो गरी सक्रिय भएको सिटौला समुहले कस्तो रणनीति लिन्छ त्यस्ले पाटीमा ठूलो भूमिका खेल्ने छ ।

यसअघि उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले बारम्बार छलफलमा देखिएका छन् । तर यो छलफललाई बरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध जनाउँदै आएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले दबाब दिएपछि बैठक स्थगित गरिएको पौडेलनिकट एक नेताले बताए ।