April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ गतेदेखि शुरु

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ गतेदेखि शुरु

असार १८, काठमाडौं ।

Advertisement

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ बाट सुरु हुने भएकोे छ । दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै कम्पनीको जेठ २७ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

Advertisement

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले र कम्पनी रजिष्ट्रारको कार्यालयले अन्तिम स्वीकृति दिएसँगै असार २६ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको हो । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः९५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ ।

प्राप्ति पश्चात बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १ नारायणहीटी पथमा रहने कम्पनीले जानकारी दिएकोसाथै, डाटा माइग्रेशन प्रयोजनको लागि दुवै कम्पनीको कारोबार असार २५ गते साँझ ५ बजेदेखि २६ गतेसम्म बन्द रहने समेत जानकारी दिइएको छ ।