August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

नेपालमा यात्र गर्न यूएई सरकारद्धारा आफ्ना नागरिकलाई लगायो प्रतिबन्ध

नेपालमा यात्र गर्न यूएई सरकारद्धारा आफ्ना नागरिकलाई लगायो  प्रतिबन्ध

नेपालमा कोरोनको उच्च जोखिम रहेको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई नेपालको यात्र गर्न प्रतिबन्ध लगाएको छ ।
यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले नेपालमा कोरोनाको उच्च जोखिम रहेकाले नेपाल नजान प्रतिबन्ध लगाएको हो । एक सूचना जारी गर्दे यूएई सरकराले कोरोना संक्रमणको जोखिम मूलुक नोलमा साउन ६ गतेसम्मका लागि नजान प्रतिबन्ध लगाएको हो ।
यूएई सरकराले नेपालमा जस्तै भारतसहित अन्य १४ मलुकमा समेत यात्रामा रोक लगाएको हो । अन्य देशमा बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया लगायतका छन् ।

यूएईको विदेश मन्त्रालयले विदेश (अन्य देश) भ्रमण गर्ने आफ्ना नागरिकलाई कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन आग्रह गरेको छ ।