April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

हवाइ उडानका टिकट अनलाइन मार्फत् बुकिङ गर्न एयरलाइन्सहरुको आग्रह

हवाइ उडानका टिकट अनलाइन मार्फत् बुकिङ गर्न एयरलाइन्सहरुको आग्रह

असार १८, काठमाडौं ।

Advertisement

कोरोनाको दोस्रो लहरका कारण गरिएको लकडाउनपछि सूचारू भएका हवाइ उडानका टिकट अनलाइन मार्फत बुकिङ गर्न आग्रह गरिएको छ । सरकारले असार १७ गते बिहिबार देखि स्वास्थ्य मापदण्ड अपनाइ हवाइ उडान सुचारू गरेको छ ।

Advertisement

बुद्ध एयरले कोरोनाको जोखिम रहेको हुँदा आफैले अनलाइन टिकट बुकिङ गर्दा जोखिम पनि नहुने र सहज पनि हुने भएकाले अनलाइन मार्फत बुकिङ गर्न आग्रह गरेको छ ।

यस्तै यति एयरलाइन्सले पनि कोरोनाका सबै स्वास्थ्य मापदण्ड पुर्याएर सेवा सञ्चालन गरिएको हुँदा अनलाइन मार्फत टिकट बुकिङ गरि ढुक्क भएर यात्रा गर्न आग्रह गरेको छ । बिहिबारदेखि बुद्ध एअरका ३१, यती एअरका १५, श्री एअरले सात, सौर्य एअरका तीन, नेपाल एअरका दुई, तारा एअरका दुई, समिट एअरका दुई र सीता एअरका दुई गरी दैनिक ६४ वटा हुँदै आएका छन् ।