April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

चीनबाट १० लाख डोज कोरोना खोप ल्याउन वायुसेवाको जहाज बेइजिङ जाँदै

नेकपा एमाले अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले केही दिनमै चीनबाट खोप आउने जानकारी दिएका छन्। बालुवाटारमा शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ओलीले अर्को साता चीनबाट न्यूनतम १० लाख डोज खोप नेपाल आइपुग्ने जानकारी गराएका हुन्।

सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गरेको छ। सोहीअनुसार पहिलो चरणमा १० लाख डोज खोप अर्को साता नेपाल आइपुग्ने भएको हो।

चीनले दिने भनिएको कोभिड-१९ विरुद्धको खोप लिन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाने भएको छ । खोप लिनका लागि जुलाई ८ तारिख  बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने निश्चित भएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए।

Advertisement