April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

थप २ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

असार १८, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा  २२ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १० हजार ५ सय ९६ परीक्षण गर्दा  पीसीआर विधिबाट १ हजार ३ सय ९१ जना र एन्टीजेन विधिबाट ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ ।

नेपालमा २९ हजार २ सय ७४ जना सक्रीय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार १ सय ७९ पुगेको छ ।