March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

देशभर मनसुन सक्रियः कहाँ–कहाँ पर्देछ पानी ?

देशभर मनसुन सक्रियः कहाँ–कहाँ पर्देछ पानी ?

देशभर मनसुनी वायुको सक्रिय प्रभावका कारण देशका धेरै जसो भागमा बर्षा भैरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भई एक÷दुई स्थानमा मेघगर्जन÷ चट्याङ्गसहित भारी वर्षा भइरहेको छ ।

Advertisement

महाशाखाको मौसम पूर्वानुमान अनुसार शनिबार दिउँसो १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।

Advertisement

यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा धेरै भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।