September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

उपत्यकामा एक हप्ता निषेधाज्ञा थप्ने तयारी, निर्णय लिन आज बैठक बस्दै

उपत्यकामा एक हप्ता निषेधाज्ञा थप्ने तयारी, निर्णय लिन आज बैठक बस्दै

असार २०, काठमाडौं ।

काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा निर्णय लिन आज दिउँसो उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

Advertisement

उपत्यकामा बैशाख १६ गतेदेखि लागु भएको निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ ।पछिल्लो पटक थप भएको एक साताको निषेधाज्ञा भोलि रातिबाट सकिंदैछ। आजदेखि थप क्षेत्रमा खुकुलो बनाउनका लागि निर्णय हुनसक्ने स्रोतले जनाएको छ । निषेधाज्ञा भएको झन्डै दुई महिनापछि सार्वजनिक सवारी साधनलाई चल्न दिइएको छ।

तर २५ सिट क्षमता भन्दा बढीका सवारी साधनलाई मात्र जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिएको हो। साना तथा सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर प्रणाली हटाउन व्यवसायीहरूले माग गरिरहेका छन्। यस विषयमा छलफल भइरहेको छ। त्यस्तै पसलहरूलाई समेत बिहान ११ बजेपछि खोल्न दिइएको छ।