August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

असार २०, काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा २ सयले वृद्धि भइ प्रतितोला सुन ९१ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको थियो ।

यसैगरी आज तेजावी सुनको मूल्य ९१ हजार रहेको छ । शुक्रवारको तुलनामा आइतवार प्रतितोला चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ३ सय २५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।