September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

फिलिपिन्समा विमान दुर्घटना हुँदा १७ सैनिकको मृत्यु

फिलिपिन्समा विमान दुर्घटना हुँदा १७ सैनिकको मृत्यु

असार २०, काठमाडौं ।
फिलिपिन्समा सैनिक जहाज दुर्घटनाग्रस्त भएको छ । आइतबार  सेना बोकेको जहाज फिलिपिन्सको दक्षिण भेगमा ल्याण्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो । यो विमानले कागायन डि ओरो सिटीबाट उडान भरेको थियो ।

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार विमानमा ८५ जना सवार थिए । घटनामा १७ सैनिकको मृत्यु भएको छ । यद्यपि, ४० जना सैनिकलाई बचाइएको छ । उनीहरुको उपचार भइरहेको छ । दुर्घटना भए लगत्तै विमानमा आगो लागेको बताईएको छ ।

Advertisement

त्यहाँको सेना सी १३० विमान दुर्घटनामा परेको हो । दुर्घटना भएको स्थान राजधानी मनिलाबाट १००० मिटरको दुरीमा भएको बताईएको छ । विमानमा रहेका अधिकांश सैनिकहरुले भर्खरै मात्रै आधारभूत सैन्य तालिम लिएका थिए । उनीहरुलाई त्यस्ता विभिन्न टापुहरूका लागि पठाइएको थियो, जहाँ आतंककारी गतिविधिहरु धेरै हुन्छ ।