September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

मौद्धिक नीतिको पर्खाइमा सेयर बजार, ८.४८ अंकले घट्दा ५ अर्ब ५ करोडमा कारोबार सिमित

मौद्धिक नीतिको पर्खाइमा सेयर बजार, ८.४८ अंकले घट्दा ५ अर्ब ५ करोडमा कारोबार सिमित

असार २०, काठमाडौं ।

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै गर्दा शेयर बजारमा लगानी कर्ता निष्किय बन्दै गएका छन् । यसका साथै मौद्रिक नीति आउने सकय नजिकिएको र त्यस्मा सरकारी नयाँ रणनीति आउने भएकाले पनि बजारमा लगानी कर्ता निष्किय झैं भएका छन् । यसका अलावा आर्थिक वर्ष पनि सकिनै लाग्दा मार्जिन लोन तिर्नुपर्ने समय पनि आएको छ ।

Advertisement

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले पनि असार मसान्त आउन लाग्दा मार्जिन लोनमामा केही कडाइ गरेका छन् । राष्ट्र बैंकले के कस्तो रणनीति ल्याउने हो त्यसमा सम्पूर्ण क्षेत्रले नियालिरहेको छ । यस्ले पनि बजारमा लगानी कर्ताको आकर्षण नदेखिएको हो । जानकारहरुले मौद्धिक नीति आउनु भन्दा अगाडि बजारमा खासै चमक नआउँने बताउँछन् । जसले गर्दा कारोबार रकम घट्दै गएको र अझै घट्न सक्ने देखिन्छ । त्यस्तै साताको पहिलो दिन पनि बजार ओरालो लागेको छ ।यसका अलावा असारमा कर र बैंकको साँवा र ब्याजसमेत तिर्नुपर्ने दबाबका कारण यसअघि लगानीकर्ताहरुले सेयर बिक्री गर्दा नेप्से दबाबमा परेको अनुमान जानकारहरुले गरेका छन् ।

साताको पहिलो कारोबार दिन आइतबार सेय५र बजारमा सामान्य गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्से ८.४८ अंकले घटेर २८३४.५१ अंकमा बन्द भएको छ । कारोबार रकम पनि घट्दै गएको छ । आज २ सय २४ कम्पनीहरुले ५ अर्ब ५ करोड ३५ लाख ८ हजार २ सय ५७ रुपैँया बराबरको कारोबार गरेका छन् ।

त्यस्तै,आज १ करोड ८ लाख ४२ हजार २ सय २१ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै, आज ६० हजार १ सय ७५ पटक कारोबार भएको छ । आज नेप्सेमा होटेल तथा पर्यटन, अन्य र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।  नेप्सेमा वित्त कम्पनी उपसूचक सर्वाधिक १.७६ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.०४ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ उपसूचक पनि ०.३६ प्रतिशतले घटेको छ ।

होटेल तथा पर्यटन उपसूचक भने २.३६ प्रतिशत, अन्य उपसूचक ०.६९ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.१  प्रतिशतले बढेको छ । आज ओरियन्ट होटेको सेयर मूल्य ८.४७ प्रतितशत र सीईडीबी हाइड्रोपावरको सेयर मूल्य ७.२५ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.१६ प्रतिशत र नेपाल फाइनान्सको सेयर मूल्य ४.०३ प्रतिशतले वृद्धि भएको छ ।

पोखरा फाइनान्सको सेयर मूल्य ४.४७ प्रतिशतले घट्दा गोर्खाज फाइनान्सको सेयर मूल्य ४.२६ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ४.१८ प्रतिशतले घटेको छ । आज नेप्सेमा नेपाल इन्स्योरेन्सको २१ करोड ५७ लाख १६ हजारको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ४६ लाख ५८ हजारको कारोबार भएको छ ।