April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

ज्योति विकासले कालिगढ, कर्मचारीहरुलाई बिनाधितो सहुलियतपूर्ण कर्जा दिने

ज्योति विकासले कालिगढ, कर्मचारीहरुलाई बिनाधितो सहुलियतपूर्ण कर्जा दिने

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएकोछ । महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियत पूर्णकर्जा र विशेषछुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुईपक्षबीच सम्झौता भएको हो ।

Advertisement

आइतबार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री पारसराज कंडेल र नेपाल सुन चाँदी रत्न तथाआभूषण महासंघका तर्फबाट महासंघका अध्यक्ष रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

Advertisement

सम्झौता अनुसार बैंकले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५लाख रुपैयाँसम्मको बिनाधितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । यस सम्झौता पश्चात नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एव ंकर्मचारीहरुलाई ज्योति विकास बैंकको कर्जा सेवाले थप सहजता प्रदान गर्नेछ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ ।