April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

थप १ हजार ४२ जनामा कोरोना पुष्टि,२ हजार ५५२ जना संक्रमणमुक्त

असार २०, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घन्टामा १६ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका ८ हजार १३२ नमूनामा उक्त मात्रामा संक्रमण देखिएको हो।

Advertisement

४८ सय ७६ नमूनाको पीसीआर र ३२ सय ५६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको हो। जसमध्ये पीसीआरबाट १ हजार ४२ जनामा र एन्टिजेन विधिबाट ५६१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।योसँगै नेपालमा  कोरोना संक्रमण पुष्टि हुनेको संख्या  ६ लाख ४४ हजार ६२२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा २५ सय ५२ जना कोरोनामुक्त भएका छन्। योसँगै निको हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ ।