March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना, ४५ जनाको मृत्यु

दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना, ४५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको त्यहाँको मन्त्रालयले पुष्टी गरेको वीवीसीले जनाएको छ । दुर्घटनामा अन्य धेरै व्यक्ति घाइते भएका छन् । विमानमा ९० जना सवार रहेको थिए ।

Advertisement

सुरक्षाकर्मीहरुले विमानको भग्नावशेषबाट कम्तिमा ४५ जनाको शव निकालेको जनाएका छन् । दुर्घटनामा ४० जनाको जिवितै उद्धार गरिएको थियो थियो । त्यस्तै पाँच जना अझै बेपत्ता रहेको उल्लेख गरिएको छ ।

Advertisement

देशका दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने क्रममा उक्त विमानले धावनमार्ग पहिल्याउन नसक्दा दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । मृतकमध्ये अधिकांश सैनिक रहेका छन् ।