September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

एनआइसी एसिया स्वामित्वको ३ लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन

एनआइसी एसिया स्वामित्वको ३ लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन
असार २१, काठमाडौं ।
एनआइसी एसिया बैंकको स्वामित्वमा ३ लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले आरएमडीसीको ३ लाख ८४ हजार ९९५, मेरोको ५८ हजार ५६८ र महुलीको ५५ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
जसमा लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ४४१ रुपैयाँ, मेरोको सेयरमा ५३१ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम ७३० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।