September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

राष्ट्रिय सभा बैठक बस्‍दै,यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रिय सभा बैठक बस्‍दै,यस्तो छ सम्भावित कार्यसूची

असार २१,काठमाडौं ।

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्‍दैछ । बैठकको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आ.व २०७६/२०७७ को बार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ ।

Advertisement

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्‍डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।