March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नबिल बैंक र युनाइटेड फाइनान्सले २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

नबिल बैंक र युनाइटेड फाइनान्सले २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

असार २१,काठमाडौं ।
नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्स कम्पनी लिमिटेडले कीकृत कारोबार सुरु  गर्ने भएका छन् । बैंकहरुले आगामी असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन ।

Advertisement

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै कम्पनीलाई असार १५ गते, मंगलबार अन्तिम स्वीकृती प्रदान गरिसकेको छ ।

Advertisement

दुवै कम्पनीको असार ५ गते, शनिबार सम्पन्न भएको विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार १८ गते स्वीकृती प्रदान गरेको थियो ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्न लागेको हो । जस अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंक लिमिटेडको नाममा ३५ कित्ता सेयर प्राप्त गर्नेछन् । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड रूपैयाँ पुग्नेछ ।