April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदै

असार २१,काठमाडौं ।

Advertisement

सरकारले साउनको पहिलो हप्तासम्ममा चीनबाट ४० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार राजन भट्टराईकाअनुसार चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल ल्याउन लागिएको हो ।

Advertisement

चीनबाट खोप ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान तालिकासमेत सार्वजनिक गरेको छ । सार्जजनिक तालिकाअनुसार २३ जुलाई तारिख (साउन ८)सम्म उडान रहेको छ । ५ पटकमा  खोप ल्याउन तयारी गरिएको छ । पहिलो पटकमा  खोप ल्याउन यही असार २४ गते वायुसेवा निगमको जहाज बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।

दोस्रो खेप असार २५, तेस्रो असार ३१, चौथो साउन १, पाँचौँ साउन ७ र छैटौँ खेप साउन ८ गतेको उडानबाट खोप ल्याउने तालिका सार्वजनिक गरिएको छ ।